Dabali News

आज छठ, सार्वजनिक विदा

२७ कात्तिक

काठमाडौँ । आज छठ पर्व । कार्तिक शुक्ल चतुर्थीदेखि मनाइने यो पर्व आज सकिँदैछ । सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइदैछ ।
विशेषगरी तराईमा मनाइने छठ सुरु भएदेखि व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खाने कुरा नखाएर महिलाहरु कठोर वर्त बसेका थिए । यसबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देदिनै सरकारले यस पर्वको मुख्य दिन अर्थात् आज सार्वजनिक बिदा दिँदै आएको छ ।

कात्तिक शुक्ल पञ्चमीका दिन निर्जल उपवास बसी बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिन्छ ।

आज विहानै तराईको साथै देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ दिएर दर्शनसँगै छठ पूजा भइरहेको छ । सूर्यको दर्शन गर्दा ब्रतालुहरूले लगाएको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने गरिन्छ ।

पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरू गरिएको एकथरि मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूवात भएको अर्काथरिको भनाइ छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]