Dabali News

देउवाविरुद्ध मोर्चा कस्न सुजाता निवासमा बैठक

२६ कार्तिक

काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको छ ।

कोइराला निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए ।

पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानी बाहिर भएका कारण अनुपस्थित रहे । पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् ।

त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताए । भने, ‘अब उहाँहरु पनि हामीसँगै आउनुहुन्छ भन्नेमा आशावादी छु ।’

विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् ।

पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]