Dabali News

ढँटुवा मुख्यमन्त्री ! उपचारको लागि बैंकक भनेर अमेरिका पुगे, कारवाहीको माग

२५ कात्तिक

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारलाई ढाँटेर अमेरिका पुगेका छन् । उनी उपचारको लािग थाइल्यान्ड भनेर अमेरिका पुगेका हुन् । राई संघीय सरकारसँग अनुमति नै नलिएर अमेरिका पुगेपछि चौतर्फी आलोचना भएको छ ।

आफ्नो प्रदेश छोडी देशकै अन्य भागमा हिँडडुल गर्न पनि संघीय सरकारको अनुमति लिनुपर्ने भएपनि राई भने कुनै जानकारी समेत नदिएर अमेरिका पुगेका छन् ।

कात्तिक १६ गते उपचारको लागि भन्दै बैंकक प्रस्थान गरेका राईका अमेरिका भ्रमणबारे संघीय मन्त्रिपरिषदसँग अनुमति लिएका छैनन् । परराष्ट्र मन्त्रालयलाई पनि राईको अमेरिका भ्रमणबारे कुनै जानकारी नभएको बताइएको छ ।

कान्तिपुरले राईको अमेरिका भ्रमणबारे विस्तृत समाचार लेखेको छ । समाचार लेखेकै कारण अमेरिकामा नै पत्रकार लोकमणी राई कुटिएका छन् । परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ ।

राईको मामिलामा मन्त्रिपरिषद् कार्यालयले त्यस्तो कुनै सिफारिस, निर्देशन वा बोधार्थ पत्र परराष्ट्रलाई नदिएको बताइएको छ ।
संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला, लेनिन विष्टलाई सरकारले अनुमति नलिएको भन्दै विमानस्थलबाटै रोकेको थियो तर मुख्यमन्त्री राई अमेरिका पुग्दा पनि सरकारले केही बोलेको छैन । मुख्यमन्त्री राईलाई संघीय सरकारले कुनै न कुनै किसिमको कारवाही गर्नुपर्ने दवाव चौतर्फी बढ्दै गएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]