Dabali News

नगरकोटमा भ्यु-टावर निर्माणका लागि सम्झौता

२५ कार्तिक

काठमाडौं । नगरकोटमा भ्यु-टावर निर्माणको प्रारम्भिक सर्भेका लागि चाँगुनारायण नगरपालिका र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ ।

चाँगुनारायण नगरपालिकाले नगरकोटमा ७ तले अत्याधुनिक भ्यु-टावर निर्माणका लागि चिनियाँ कम्पनी एजिलिटी इन्टरनेसनल होल्डिङ लिमिटेडसँग सम्झौता (एमओयू) भएको जनाएको छ ।

भ्यु-टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न नगरपालिकाले गत साता सम्झौता गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

भ्यु-टावर निर्माण गर्ने स्थानको भूबनोट अवस्था, प्राकृतिक स्वरूप, ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयमा सर्वेक्षण गरिने सम्झौतामा उल्लेख छ । नगरपालिकाले चाँगुनारायण-६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करिब २ अर्ब रुपैयाँको लागतमा टावर निर्माण गर्ने योजना बनाएको छ ।

अत्याधुनिक भ्यु-टावरमा हिमाली तथा प्राकृतिक क्षेत्रको दृश्यावलोकनका साथै रिभल्विङ रेस्टुरेस्ट, तामाङ संस्कृति तथा अन्य जातजातिको पहिचान झल्कने म्युजियम, बिजनेस सेन्टर, स्विमिङ पुलको व्यवस्था हुने गरी निर्माण गर्ने तयारी रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]