Dabali News

टर्कीसँग पत्रकार खशोग्जी हत्याको भिडियो सुरक्षित, तीन देशलाई बुझायो

२५ कात्तिक

काठमाडौँ । टर्कीले पत्रकार जमल खशोग्जीको हत्या गरिएको भिडियो अमेरिका, बेलायत र साउदीलाई दिइएको छ । टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा भएको साउदीका पत्रकार खशोग्जीको हत्या प्रकरणसँग जोडिएको एउटा भिडियो दिएको टर्कीले जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टेलिभिजनमार्फत् प्रसारित सम्बोधनमा पत्रकार खशोग्जीको हत्यासँग जोडिएको भिडियो तीनै देशलाई दिएको जानकारी गराएका हुन् । उनले पत्रकार खशोग्जीको हत्या कसले गरेको हो भन्नेबारे साउदी सरकारलाई राम्रोसँग जानकारी भएको दाबी समेत गरे ।

पत्रकार खशोग्जीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । सोही दिन हत्या गरिएको बताइँदै आएको टर्कीले बताउँदै आएको छ । अन्तर्राष्ट्रिय दवावपछि मात्रै ५९ बर्षीय खसोग्जीको हत्या भएको साउदीले स्वीकार गरेको थियो ।

अन्तर्राष्टिय संचारमाध्यमहरुका अनुसार टर्कीका राष्ट्रपति एर्दोगानले पत्रकार खशोग्जीलाई हत्या गर्न साउदीका सबैभन्दा उच्च तहको नै निर्देशन रहेको आरोप लगाएका छन् । टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको संलग्नता रहेको हुनसक्ने जनाएका छन् । तर, साउदीका युवराज मोहम्मद बिन सलमानले खशोग्जीलाई खतरनाक इस्लामवादी भनी व्याख्या गरेको भनिएको टिप्पणी पनि साउदी सरकारले अस्वीकार गरेको छ ।

खशोग्जी कसरी मारिए भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन । सुरुमा टर्कीका सञ्चारमाध्यमहरुले खशोग्जीलाई यातना दिएर मारिएको भन्ने पुष्टि गर्ने अडियो रेकर्डिङहरु आफूसँग भएको भन्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारहरु लेखेका थिए । गत साता टर्कीले महावाणिज्य दूतावास प्रवेश गर्ने बित्तिकै उनलाई घाँटी थिचेर हत्या गरिएको र पूर्वयोजनाअनुसार नै उनको शरीरलाई टुक्राटुक्रा पारिएको जनाएको थियो । त्यसपछि तेजावमा हालेको टर्कीका अधिकारीहरुले बताएका थिए । टर्कीका अधिकारीले उक्त भिडियो सार्वजनिक गर्ने चेतावनी समेत दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]