Dabali News

बस ठोक्किँदा चालकको मृत्यु, १८ यात्रु जना घाइते

२४ कार्तिक

धादिङ । पृथ्वीराजमार्गको बेनिघाट मालिङमा २ वटा बस आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने, १८ जना यात्रु घाइते भएका छन् ।

चितवन पिप्ले घर भएका ना ७ ख ५२८१ का बसका चालक ४० वर्षिय किशोर भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बा १ प ९७७ नं.को पर्यटक बोकेको बस र चितवनबाट काठमाडौ जाँदै गरेकोना ७ ख ५२८१ बस आपसमा ठोक्किँएका थिए ।

मृत्यु भएका चालकले उछिन्न खोज्दा अर्को बससँग जुधेको देखिएको घटनास्थल पुगेका गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए ।

उक्त घटनामा घाइते १८ जनाको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटना पछि अवरुद्ध बनेको राजमार्ग ३ घन्टा पछि सुचारु भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]