Dabali News

गणेशमान सिंहको १०४ औं जन्मजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ कार्तिक

काठमाडौं । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१९७२ साल कार्तिक २४ गते जन्मिएका सिंह नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रातः स्मरणीय व्यक्तित्व हुन् । २०५४ साल असोज २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए ।

लौहपुरुषका नामले चिनिने सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै कठोर संघर्ष गरे । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका उनी कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै रहेका थिए ।

यातनासहित पटक पटक निर्वासन र जेल जिवन बिताउँदासमेत सिंहले नेपाली जनतालाई सार्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनबाट कहिल्यै विश्राम लिएनन् । विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन उनले २०४६ सालमा निर्वाह गरेको भूमिका अविस्मरणीय छ ।

०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनः स्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याएका थिए ।

कांग्रेस र कम्युनिष्टलाई एकै डुंगामा चढाएर आन्दोलन हाँक्ने क्षमता राख्ने सिंह जस्ता व्यक्तित्वको अभाव आजका दिनमा झनै खड्केको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]