Dabali News

घोराहीमा २१ जुवाडे पक्राउ

२४ कार्तिक

दाङ । घोराहीको गढवामा गए राति १ लाख ७५ हजार नगदसहित ६ जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा-६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।

गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची-७ भारती थोकबाट ६० हजारसहित ९ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले गए राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।

जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए । केही दिनअघि पनि प्रहरीले मेलम्ची-११ बाट ६ जुवाडेलाई नगद ३४ हजारसहित पक्राउ गरेको थियो ।

आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिए । लाखाँै रुपैयाँ तासमा हार्न थालेपछि घर परिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएकोले पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने संख्या वृद्धि भएको प्रहरीको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]