Dabali News

हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गयो

२४ कार्तिक

चितवन । राप्ती नगरपालिका-२ पिप्ले गड्यौलीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणले एक जनाको ज्यान गएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार खेतमा गएका २३ वर्षका सागर राईलाई हात्तीले आक्रमण गरेका थिए । बिहान ७ः५० मिनेट जाँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै ज्यान गएको हो । पिप्ले चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । निकुञ्ज ओहरदोहर गर्ने जंगली हात्ती गाउँ पसेर ज्यान लिएको प्रहरीको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]