Dabali News

  • Ad

अब्रोड स्टडीका लागि उचित परामर्श दिनु नै मुख्य लक्ष्य हो

एन्ड्रयु पौडेल, डाइरेक्टर, ग्रेस इन्टरनेश्नल

paudel jee

शैक्षिक परामर्श सेवा व्यवसायमा लाग्नु भएको कति भयो ? 

ग्रेस एजुकेशन कन्सल्ट्यान्सी स्थापना २०६२ सालमा भएको हो । र, म स्थापना कालदेखि नै यस संस्थामा आबद्ध छु । यस संस्थामा मेरो जिम्मेवारी भएको सुरुदेखि नै परामर्श सेवा रहेको छ । अहिले पनि यही सेवालाई आफ्नो क्यारियरको रुपमा लिएको छु ।

उसो भए यो व्यवसाय उपयुक्त नै रहेछ, हैन त ?

यो पेशा तब सफल मानिन्छ जब दिएको परामर्शले कुनै विद्यार्थीको भविष्य सुनिश्चित हुन्छ । अनि जो विद्यार्थी सफल गन्तब्यमा पुग्छ, तब मात्र पेशालाई निरन्तरता दिने उर्जा मिल्छ ।

मेरो उद्देश्य नै विद्यार्थीलाई राम्रो परामर्श दिई उसको उज्ज्वल भविष्यका लागि मार्गदर्शन गराउनृु हो । मलाई लाग्छ एक कुशल परामर्शदाताको परामर्शले नै विद्यार्थीको जीवन सफलतामा पुर्याउन ठूलो सहयोग पर्याउँछ ।

यो क्षेत्रमा विकृति बढ्दै गएको कुरालाई मान्नुहुन्छ ?

कुनैपनि क्षेत्र विकृति र विसंगतिरहित हुन्छ भन्ने लाग्दैन । हरेक क्षेत्र कुनै न कुनै कमजोरी भएकै हुन्छ । यसको मतलब यो होइन कि यस्ता कुरालाई वेवास्ता गरेर जानु पर्छ भनेको होइन ।

बरु पछिल्लो समयमा शिक्षा मन्त्रालयको तर्फबाट यस व्यबसायलाई मर्यादित बनाउनको लागि एउटा निर्देशिका जारी गरेको छ । त्यसको मुख्य उद्देश्य यो क्षेत्रमा जो पायो त्यही प्रवेश गरेर सच्चा व्यबसायीहरुको लागि वातावरण बिगार्ने काम गरियोस् भन्ने हो ।

कन्सल्ट्यान्सीमाथि देशभित्रका दक्ष जनशक्ति विदेश पलायन गरायो भन्ने आरोपबारे के भन्नु हुन्छ ?

यो अरोप सरासर गलत छ । हामीले अदक्ष जनशक्तिलाई दक्ष बनाउन विदेश पठाउन सघाएका मात्र हौं । हाम्रो उद्देश्य भनेको विद्यार्थीको उच्च शिक्षा हासिल गन विदेश जान चाहने विद्यार्थीहरुलाई सही परामर्श दिने काम गरेका छौं ।
जहाँसम्म पलायनको कुरा छ, स्वदेश फर्कने र काम गर्ने वातावरण यदि राज्यले गरिदिएको भए सायद विदेशमा अर्काको देशमा अत्मसम्मानमाथि चोट बोकेर किन बस्थे होलान् नेपाली प्रतिभाहरु ।

ठूलो खर्च गरेर पढाई सकाएपछि रोजगारको वातावरण बनाउन राज्य उदासिन भइदिएपछि धेरै विद्यार्थी स्वदेश नफर्कन न सक्छन् । यसको शैक्षिक परामर्शदाताहरुको कुनै दोष छैन ।

तपाईहरु अन्य मुलुकभन्दा अष्ट्रेलिया बढी केन्द्रित हुनुहुन्छ, किन ?

विश्वका अरु देशमा पनि विद्यार्थीहरु पठाउने काम गरिरहेकै छौं । तर तुलनत्मक रुपमा अष्ट्रेलियामा बढी केन्द्रित भएको कुरा साँचो हो । हामी चाहिं शुरुदेखि अष्ट्रेलियाको जोड दिँदै आएका हौं । अरुजस्तो गन्तव्य परिवर्तन गर्दैनौं ।
विशेष ध्यान चहिँ अष्ट्रेलिया नै हुनुको मुख्य कारण नेपाली विद्यार्थीको निम्ति उपयुक्त गन्तब्य भएकाले हो । अष्ट्रेलिया मुलुक नेपाली विद्यार्थीका लागि मात्रै नभएर विश्वभरका विद्यार्थीहरुलाई अझ भनौं थर्डवल्र्ड कन्ट्रीका विद्यर्थीका निम्ति उपयुक्त छ । खास गरेर अन्य मुलुकहरुमा बाहिरको विद्यार्थी भनेपछि दृष्टिकोण पनि त्यस्तै हुने, भेदभाव पनि उस्तै ।
साथै, अष्ट्रेलियामा वल्र्ड र्यारङ्कमा परेका टप विश्व प्रसिद्ध युनिभर्सिटीहरु छन् । जसले गर्दा त्यताको डिग्री विश्वभर बिक्छ ।

हामीले अदक्ष जनशक्तिलाई दक्ष बनाउन विदेश पठाउन सघाएका मात्र हौं । हाम्रो उद्देश्य भनेको विद्यार्थीको उच्च शिक्षा हासिल गन विदेश जान चाहने विद्यार्थीहरुलाई सही परामर्श दिने काम गरेका छौं ।

अष्ट्रेलियमा पनि तपाईहरुको शाखा कार्यालय छ ?

अष्ट्रेलियाको मेलब्रन शहरस्थित हाम्रो शाखा कार्यालय छ । नेपालबाट जाने विद्यार्थीहरुलाई सिधै त्यो शाखा कार्यालयमा पठाउँछौं । त्यहाँ नयाँ ठाउँमा आइपर्ने विविध समस्याहरु झेल्न सघाउने काउन्सिलिङ् गर्छौं । जस्तै, कलेजमा आइपर्ने समस्या, नयाँ वातावरणमा घुलमिलको हुन समस्या, जवफाइण्ड आउट गर्ने लगायतका समस्याबाट मुक्ति दिलाउने कार्य त्यहाँस्थित कार्यालयले गर्छ । यसकारण हामीकहाँबाट जाने विद्यार्थीलाई सहज भएको छ ।

paudel

अन्त्यमा, ग्रेस इन्टरनेशनल कन्सल्ट्यान्सीलाई नै विद्यार्थीका लागि शैक्षिक परामर्श केन्द्र बन्नुको विशेषता ?

पहिलो, सन् २००६ मा स्थापित १० वर्ष पुरानो हो यो ।  दोस्रो, हामी विद्यार्थीको भिसामा भन्दा ज्यादा क्यारियर काउन्सिलिङ्का ध्यान दिन्छौं, ताकि पढाई सकेपछि ऊ साँच्चिकै दक्ष र योग्य बन्न प्रेरित होस् । तेस्रो, हामीसँग अत्यधिक काउन्सुलरहरु अन्तर्राष्ट्रिय डिग्री हासिल गरिसकेका व्यक्तित्व छन् । विदेशको पढाई र वातावरणसम्बन्धी अनुभवी छन् ।

अन्तिम, महत्वपूर्ण विशेषता भनेको विदेशमा पनि हाम्रा विद्यार्थीको समस्या समाधानका निम्ति हाम्रो आफ्नै शाखा कार्यालय छ ।

  • प्रस्तुतीः धनन्जय बुढा

अब हामी छापामार युद्ध चलाउने छैनौँः गणेश, वरिष्ठ नेता, भाकपा (माअाेवादी)

naxals-

रबि बेनर्जीले 'दि विक' का लिएको अन्तर्वार्ता

सुरक्षा बलले पहल आफनो हातमा लिएपछि तपाईँहरूले निकै ठूलो धक्का खानुपरेको छ भन्ने सरकारी दाबी छ नि ? केही हदसम्म यो सही हो । तर, त्यो हामीले जनसरकार चलाइरहेको ठाउँमा होइन । अब हामी छापामार युद्ध चलाउने छैनौँ, उनीहरूले आक्रमण गरेपछि त्यसको...

प्रभाकर-कुलमान अाउनुअघि लोडसेडिङ ‘सुनको अण्डा’ थियाे

k-shahi

खगेन्द्र शाही, अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त), नेपाल बिद्युत प्राधिकरण

लोडसेडिङमुक्त गर्ने मन्त्रीको अभियानमा तपाईँहरुले कसरी सहयोग गरिरहुन भएको छ ? मन्त्री र प्राधिकरण नेतृत्वले लोडको व्यवस्थापन गर्ने योजना अगाडि ल्याएकाले अहिले लोडसेडिङको हटेको हो । यो अभियानमा हामी सँगसँगै छौँ । तपाईँहरु त यहीकै कर्मचारी, यो पहिला किन गरिएन ? सबै...

जे फल्छ त्यही फलाउनु हुँदैन,जे बजारमा बिक्री हुन्छ त्याे मात्र फलाउनु पर्छ

rp-bhari_photo

- राजेन्द्र प्रसाद भारी, प्रमुख, उच्च मुल्य कृषि वस्तु विकास आयोजना

यो अयोजना कुन कुन जिल्लामा लागु भएको छ ? उच्च मुल्य कृषि वस्तु विकास आयोजना नेपाल सरकारको कृषि विकास मन्त्रालयबाट सञ्चालन भएको सडक खण्ड सुर्खेतदेखि जाजरकोट दैलेख कालिकोट हुँदै जुम्ला कडिडरको समेटने गरी आसपासका जिल्लाहरु भनेर अहिले ७ वटा जिल्लाहरु जुम्ला कालिकोट,...

खाद्य सम्प्रभुता ग्यारेण्टीको लागि आइतबार नेपाल बन्द

mailal-lama

माइला लामा, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज, नेकपा (माओवादी)

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो, किन ? राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा...