Dabali News

दाङमा देवरद्वारा बोल्‍न नसक्ने भाउजुमाथि बलत्कारको प्रयास, श्रीमतिले गरिन् कुटपिट

२३ कात्तिक

भालुबाङ । सबैतिर देउसी-भैलीको चहलपहल भइरहँदा दाङमा देवरले भाउजुलाई बलात्कारको प्रयास गरेका छन् । श्रीमति र छोरी बाहिर गएको मौकामा दाङ देउखुरीको राप्ती गाउँपालिका-३ मसुरियामा विहीबार दिउँसो एक बजे एक स्थानीय पुरुषले नाता पर्ने भाउजुलाई अाफ्नै घरमा बोलाएर बलत्कारको प्रयास गरेका हुन् ।

बोल्न नसक्ने करिब ५५ वर्षीय भाउजु नाता पर्ने ती महिलालाई आफ्नै घरमा ल्याई ढोकाको चुक्कुन लगाई बलत्कारको प्रयास गरेको स्थानीय छिमेकीले बताएका छन् । पीडकका श्रीमति घर बाहिर गएको र छोरी पनि तिहारको रोटी पकाउन अरुको घरमा गएको मौकामा बलात्कारको प्रयास भएको स्थानीय छिमेकी गीता कुँवरले जानकारी दिइन् ।

बलत्कारको प्रयास गरेको बेला ती पीडित महिला चिच्याएपछि छिमेकीहरू त्यहाँ पुगेका थिए । चिच्याएको सुनेर घटनास्थलमा छिमेकीहरू समयमा पुगेर छिमेकीले महिलाको उद्धार गरेका थिए । त्यसपछि पुगेकी पीडककी श्रीमतिले उल्टै पीडित महिलालाई मरनासन्ना हुने गरी कुटपिट समेत गरेकी थिइन् ।

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटनास्थलमा पुगी प्रहरीले बलत्कारको प्रयास गर्ने देबर नाता पर्ने युवक र कुटपिट गर्ने महिलालाई दूबैलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाएको छ । पिडक र पिडित दुबै जनाको स्वास्थ्य परिक्षणका लागि लमही पठाउने तयारी समेत प्रहरीले गरेको छ ।

पीडित र पीडकको नाम भने गोप्य राखिएको छ । अनुसन्धान र स्वास्थ्य परिक्षणपछि मात्र नाम सार्वजनिक गरिने भालुबाङ प्रहरीले जनाएको छ । पीडित घाईते महिलाको उपचारका लागि लमही पठाइएको छ । पीडकलाई बलात्कार प्रयास अन्तर्गत र श्रीमतिलाई कुटपिट अन्तर्गतको मुद्दा चलाउने ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

  • सांकेतिक तस्विर
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]