Dabali News

घरघरमा लक्ष्मीपूजा भइरहँदा ‘बोक्सी’ भन्दै राधा चौधरीलाई फेरि कुटपिट, एक जना पक्राउ

२२ कार्तिक

कैलाली । गत वर्ष फागुनमा ‘बोक्सी’ को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ । सबैले घरघरमा लक्ष्मीपूजा गररहेको बेला स्थानीय कालीचरण चौधरीले राधालाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको स्थानीयले  बताएका छन् ।

तिहारको तयारीमा रहेको राधालाई बुधबार साँझ घरमै अाएर २८ वर्षीय कालीचरणले कुटपिट गरेका हुन् । राधाले उजुरी दिएपछि प्रहरीले कालीचरणलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय सुखडमा राखेर थप अनुसन्धान प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी हुन् ।

गत वर्ष स्वघोषित ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीले राधालाई गाउँहरुलाई बोलाएर सार्वजनिक रुपमा निर्घात कुटपिट गरेका थिए । दुई सहयोगीसहित रामबहादुर सजाय भोगिरहेका छन् । अघिल्लो वर्ष बोक्सी भन्दै कुटपिट गर्नेले सजाय भोगिरहँदा अर्का व्यक्तिले कुटपिट गर्दा सामाजिक अन्धविश्वासले सीमा नाघेको रुपमा हेरिएको छ ।

गत वर्षको घटना राष्ट्रियकरण भएसँगै राधालाई समाजमा पुर्नस्थापना गरिएको थियो ।

  • फाइल फोटो
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]