Dabali News

सबैको साझा संवत नेपाल संवत : मन्त्री पण्डित

कात्तिक २२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबालु पण्डितले नेपाल सम्वत सबैको साझा सम्वत भएको बताएका छन् ।

नेपाल सम्वत ११३९ को अवसरमा आज भक्तपुरको शंखधर साख्वा चोकमा भएको कार्यक्रममा उनले नेपाल सम्वत कुनै एक जातजाति र भाषाभाषिको मात्र नभएको बताए ।

नेपाल सम्वतको सुरुवातको घटना सबैका लागि प्रेरणादायी भएको उनको भनाई थियो । उनले राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा बाँधिएका गरिब किसानलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गरेको चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको बताए ।

उनले नेपाल सम्वत नेवार समुदायको मात्र नभई नेपालको मौलिक सम्वत भएको दाबी गरे । सो अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]