Dabali News

काभ्रेमा बस दुर्घटना, १८ जना घाइते

२२ कात्तिक

काठमाडौँ । काभ्रेमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका थिए । प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो ।

सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ । काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।

  • फाइल फोटो
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]