Dabali News

राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलाई गरे बर्खास्त

२२ कार्तिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् ।

बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन् । उनले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन् ।

ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन् । बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन् ।

ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले भनेका छन् ‘सबैभन्दा महत्त्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनः स्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ ।’ अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियामा कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक पटक आलोचना गर्दै आएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]