Dabali News

कैदीबन्दी प्रसाईंको उपचारका क्रममा मृत्यु

२२ कार्तिक

काठमाडौं । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड-७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यलयका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो । मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो । उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]