Dabali News

न्याय र समानताका अभियान्ता राष्ट्रिय विभूति शङ्खधर शाख्वा : प्रधानमन्त्री

२२ कार्तिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् ।

नेपाल सं.११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक सं.नेपाल संवत् प्रचलनमा आएको र उनको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको बताए ।

नेपाल संवत प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै “शंखधर शाख्वाः ले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए । त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउँदै आएको छ, ”प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण राख्नसमेत यो संवतले झक्झक्याउदै आएको बताए । शङ्खधर शाख्वाःले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराई स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔंपछि पनि नेपालीको मानस पटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

“काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक,समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शङ्खधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु” प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]