Dabali News

अथ तिहार महात्म्य् अर्थात खर्बपति बन्‍ने दरखास्त

जय द्रब्यदात्रीश्री मा, अहिले म लक्ष्मी मातालाई खुसी पार्न आफ्नै उत्खनन् गर्दै तिहार मान्न लागेको छु । बिल गेट्स उछिन्ने ध्याउन्नमा लक्ष्मीभक्त बन्दै उनकी सौता सरस्वतीको उछित्तो खन्न विज्ञान, दर्शन, इतिहास र मानवशास्त्रका पुस्तक पोल्न जाँदैछु । त्यसमा अझ जनयुद्धका साहित्य र रचना सबभन्दा पहिला डडाँउने छु । वर्तमानमा भाग्यको बिर्को तीनैले लगाईदिएका छन् । जोरीपारीलाई ‘ईस्’ भन्न अहिले झिलीमिली बत्ती झल्काएको छु । पटका पड्काउँदै छु । जुवाको खालमा भाग्य र भविस्य दाउ हान्दैछु, । आप्mनै गान र मानका देउसी–भैलो गाउँदै छु । हो… म तुजुगको बजारमा औकातको भब्य प्रर्दशन गर्दै साच्चैको लक्ष्मीभक्त बनीँ । यो आन, मान र सान देखेर मेरा दुश्मनहरुको हर्टफेल नै भएको छ… मैये ।

मैजस्ता अरु मेरा जोडिदारहरुलाई पनि ज्ञान बुद्धी, विवेक र दायित्वभन्दा द्रब्यपुजारी लक्ष्मीपूजा गर्दा उनमयादेवी हजुर सबैकी अगुवा भएकीले सक्कलीभक्त बन्न अब ध्यान गर्दैछु । सुखको खानी र कुबेरको खजना खोलिदिने हुँदा अरुको के वास्ता ! धनतेरसको तयारी छ । भलै अभागी र हुतिहाराहरुले द्रब्यपिचास नै किन नभनुन् ! लुकाएर, छिपाएर भएपनि पहिल्यैदेखी हजुरकै खसोखास भक्त थिएँ । शंका नगरिबक्सियोस् । अब यो नास्तिक रहेन् ..हैन् । जीवनको कुनै कालखण्डमा भौतिकवादी नाटक गरेको मात्र थिएँ । नक्कली आर्दशवादी र सक्कली लक्ष्मीभक्त । धन सम्पती कसलाई पो चाहिँदैन र ! अब ममतामयी माता समक्ष करकमल जोड्दै लक्ष्मीपूजा गर्दैँछु । लक्ष्मी जयन्ती (देवकोटा) हैन् । हजुरकी सौता सरस्वती पूजा गरेर पाएको दुःख कहाँ पो बिर्सियाँैला र ! सुख, सुबिधा र तुजुग त्याग्ने महामुर्ख अव रहिन । त्यसैले देबकोटा जस्ता ‘पागल’ र आफ्नो जोहो नगर्ने ‘मुर्खको’ झुक्किएरनी आराधाना गर्ने छदैछैन् । मेरो बंशले पनि त्यस्तो दुःखको मेसो कहिल्यै नगरोस् ।

अक्षर मेरो अब बैरी, सरस्वती मेरी दुश्मन । ममतामयी माताश्री…. अब सिद्धान्तवादी महामुर्खसँग कहिल्यै संगत गर्दिन् । धरोधर्म, सम्बन्ध पनि राख्दिन । बाचा कबुल । त्यसैले यस तिहार धुमधामसँगै मनाउँदैछु । मलाई विश्वकै महाधनी बन्ने इच्छा र सपना छ । मेरो कम्पिटिसन बील गेटससँग बनाईदिनुस् माता । वारेनबफेट जिल्लियोस् । मेरो नाम फोब्र्सको शिर्षास्थनमा टाङ्गिंयोस् । हुनत सबैलाई बरदान दिनु भएको होला । विनोद चौधरी, मुकेश अम्वानी र शेष घलेले दरखास्त हाल्न उछिने नै होलान् । तर, ती सबैलाई एकचोटी जिल्याएर मलाई फोब्र्सको प्रथम सूचीमै राखिदिएर खर्बपति बनाईदिन करकमल जोड्छु, सास्टाङ्ग प्रणाम गर्छु ….माता । तब त मेरा तुजुग देखेर आरिसे जोरीपारीहरु, मलाई भाउ नदिनेहरु मुर्छा परुन् ! उनीहरुलाई हरियो बाँसमा बाँधेर, टााँगेर टुँऽ पार्दै घाट लगेको देख्नपाउँ …।
अब म दिलको बात खुलेर भन्छु । आर्दश र सिद्धान्त भनेका या त मुर्खका कुरा हुन् या त पानी मरुवाका, या त त्यसैलाई भर्याङ्ग बनाएर छतमा पुग्ने चतुरेहरुका । तर, त्यो खसोखास कुरा अरु कसैलोई पनि भन्दिन् । हजुसँग भने आफ्ना कथा, ब्यथा, सपना भूमिका र चाहाना सबै छाती खोलेर भनिदिन्छु । भाग्य सपार्ने माताश्रीसँग झुटो कसरी बोल्न सक्छु र ! मौकामा चौका हान्न नजान्ने, नसक्ने जुक्ति र बुद्धी नभएको हिजोको लठुवा परेँ । तर, आज त्यस्तो छँदैछैन् बाठ्ठो भै सकीँ । आर्दश फलाक्दै जोहो मिलाउन जान्ने चतुरे भईसकेँ । अब म गेरु बश्त्रधारी कमनिस हुँ, आँखा भएको धृतराष्ट्र हुँ । सबै काम र कर्तुतलाई आर्दशकै धर्मात्मा देखिएरै सम्पन्न गर्छु । यस लोकमा ज्ञान, विज्ञान सबै हजुरकै चरणदास बनेका बेलामा हजुरको सरण नपर्ने कुन ड्याङको मुला छ र ! कुनैबेला हजुरकी सौता सरस्वतीपुत्र भन्न हौसिन्थेँ । अब आस्था फेरिएको खसोखास नै हो । अब सिद्धान्त फिद्धान्त भन्दै लाग्ने कुनै मनुवा रहेन, म पनि रहिन । त्यस्तालाई पिच्च थुक्न सकेरै हो, तिहार मनाउन अहिले कम्मर कसेको ।

माता…. तपाईँको मोहिनी अपरम्पार नै छ । दिएपछि त …छप्परै फाडेर दिने । यो सुदामाको हैसियतबाट बिल गेट्स र वारेन बफेट नभएपनि विनोद चौधरीको हैसियतको बनाईबस्सियोस् । अष्ट्रेलियामा पुगेर नेपाली शेष घलेको भाग्यको बिर्को खुल्यो । चौधरी कसरी दरवारिया मुखीया भए जगजाहेरै छ । मैले हिजाका दिनमा जे, जस्तो नाटक गरेँ, आर्दश प्रलापी तर लक्ष्मीमोहबाट अछुतो भने भईन् । आफैँलाई नग्याउँदै अब अर्काको हुर्मत काढ्ने जमर्काे गर्दैछु । स्वर्गको छप्पर खोलेर वर्सादिनुस् धनको ओइरो….. छक्क परुन् मलाई गन्दै नगन्नेहरु । अनी त अप्सराहरु डेटिङ्गकालागी लर्को लाग्ने छन् । महाइम्र्पोटेड बोतल ढालीदिन्छु अmैं ढल्दै । अरुलाई होचो नपारी, खुट्टा नकाटी आपूm अग्लो कसरी हुन सक्छु र ! माता । अब म बहुलाले भन्दा पनि सेन्सरहीन कुरा बोली दिन्छु । जस्लाई लाज लाग्छ ! उसको इज्जत भड्सेरामा परोस् या आँखा छोपोस् म भने सर्बाङ्गंन बनिदिन्छु । जन्मदा नागैं जन्मेँ, मर्दा नागैं पारेर पोलिने छ वा गाडिने छ । यमनी ….मेरी दिदी बन्नै सक्दिन् । यमराजलाई खुसी पारेर मेरो आयु नल्याउ …. मेरा दिदीहरु ।

मलाई लक्ष्मीमाता बेगर कसैमाथी विश्वासै नै छैन् अब । बीचको दुईदिनको यो जुनि । कपडा बेरेर नक्कली मान्छे म बन्दै बन्दिन । म आधुनिक महावीर बन्न जैनमुनी बनिदिन्छु । जग हासोस् हास्तै रहोस् केही छैन् । म लक्ष्मीमैयाको आधुनिक असली चेलो बनिदिन्छु । कुन्तीपुत्रले द्रौपती र हस्तिनापुर दाउमा लगाएझैं सिद्धान्तलाई मपनि दाउमा हानिदिन्छु । खालमा थापिदिन्छु । भएन भने यसै जाला । डिभी भरौला र पताल भासियौंला । राष्ट्रवाद सुबिधाअनुसार प्रयोग गरेर परिचय किन्ने आधुनिक म बिभिषण हुँ ।

माताश्री म आधुनिक सुसंस्कृतिक मान्छे हुँ । झर्रो बिज्ञानवादी थिएँ । मैले छरेका आवेगलाई कतिले विवेक बनाएर आफैलाई डो¥याए । नागिंनु पहिला क्रमशः म सुटमा टाई कस्दै टुप्पी हल्लाउदै हिड्ने तिलकधारी बिज्ञानवादी थिएँ । मेरो रुप र चालामाला देखेर धेरैले गिल्ला गर्थे । तर मेरो मर्मभने कसैले त्यसबेला बुझेनन् अहिले पनि बुझ्दैनन् । देशअनुसारको भेष र कपालअनुसारको केस हुनुपर्छ । मलाई सुख सुबिधा चाहियो मुल कुरा यही हो, अरु तपशीलका । युगअनुसारको गतिशील मनुवा हुँ । अनेकौ हण्डर खाएको यो भूतपूर्ब बिधर्मी नै हुँ, भूतपूर्व नास्तिकनै हुँ । ती पहिलाका कुरा थिए ‘विज्ञान पढेर विचार विवेक र शुद्धीबुद्धी सबै भौतिकवादी बनेँ । रुप र ब्यबहारमा कसैलाई बात लगाउने ठाउँ दिँईन् । माता’ । चेत खुलेपछि अहिले धेरै कुरा फेरेको छु । चालचलन, आनिबानी र ब्यबहारमा कहिल्यै, कतै अब खोट पाउँनु हुनेछैन् ।
अहिले सोच्ने मन मस्तिकलाई बन्धक ताल्चा ठोक्दै आँखा भएका धुतराष्ट्रलाई जिम्मा सुम्पेको छु । अब हजुरको म आज्ञापालक मात्र हुँ । कहिँकतै कहिल्यै पनि बखेडा झिक्नेछैन । तर्क गर्दिन् । आर्शिवाद पाउँन सोच्ने, आर्दश र सिद्धान्तका सबै काम छोडिसकेँ । केही जोडिदार भने पहिला टीँ,टीँ गर्दै के, के न हो झैँ गर्छन्, कालन्तरमा ती पनि फिस्स पर्नेछन् । भुक्छन्, भुक्दै जान्छन् र टोकौँलाझैं पनि गर्छन् । ग्याँर ग्याँर ङुरङुर गर्छन् । अन्त्यमा थाक्छन् पुच्छार टाङमुनी लुकाएर र्‍याल काढदै मालिकको पैताला चाट्छन् । मायारुपी लक्ष्मीमाताले नै ती नक्कली बहादुरको सक्कली चेहेरा जगलाई देखाई दिनुहुन्छ । सुबिधा र द्रब्य मोहमा पसेपछि सबैको औकात छयाङ्ग छयाङ्गती हुन्छ । द्रब्यमोहमा फसाई हाल्ने माताको लिला अपरम्पार नै छ ।

तीनतीन लोक चौध भुवनको ख्याल राख्दा यहाँको खबर हजुरको दरवारमा नपुग्ने कुरै भएन । अपुग खबर नारदले नारायण नारायण भन्दै पु¥याएकै होलान् । मेरा जोडिदार जसरी सुख सयल त्यागेर बुद्ध बन्न सक्दैनन् मपनि कहाँ पो स्पार्टाकस वा ग्लाडिएटर बनेर सुलीमा झुण्डिन सक्छु र ! आसिर बचन होस् । म पनि अब गोरु र कुत्ता पुजै गर्ने मध्य हुँ ! अब समानुपातिक पर्व मनाउन बरु कुकुर्नी पूजा गर्ने जर्मको पनि गरेको छु । कुकु्र्नीको चिथो¥र्याई कुत्तेकोभन्दा कडा हुन्छ । हजुर.. स्वानदेबताकी जननी आमा कुकर्र्नी नै हुन् । जब गाईका ख्वामित श्रीमान गाईज्यूले गोबर्धन बनेर पूजा पाउने अधिकार राख्छन् भने श्रीमति स्वानज्यूको पूजा किन नहुनीँ ! यहाँ ।

माता ! जगत पालक नारायणश्रीले आप्mनो दश अबतार मध्येका एउटा अबतार बराहा धारणा गर्नु भएको थियो । हाम्रो धर्तीमा यो जातिलाई सुगुर, बदेल र बंगुर भनिन्छ । हुनत यो फोहोर खान्छ र स्वर्गमा आची खान नपाएर जान्न भन्छ अरे । जे होस् नारायणश्रीकै एउटा रुप भएकोले ऊ पनि पूजाको अधिकारी हो । नारायणको अबतारले पूजा नेपाउनु भगबान बिष्णुकै अपमान सम्झन्छु । समयमै यसको पूजा गर्ने भक्तजनबाट जोहो मिलाउनु पर्ला । आफ्ना ख्वामित अर्कोअर्को अवतारको मृत्यलोकमा पूजा नभएको कसरी सहनु होला ! मातेश्वरी । यसले दुईटा फाईदा गर्छ । एउटा बुद्धी, बिबेक र शिद्धान्तको कुरा गर्नेलाई दिमाग खियायर मुर्ख बनाउदै बराल्ने यहाँकी सौता सरस्वतीको औकात देखाईदिएर हुर्मत काढ्ने र अर्काे आफ्ना सर्मथक बढाउने । तिहारकै बीचमा ककुर, कौवा र गोरु पूजाको बीचमा कुर्कुनी र सुगुरको पनि पूजा हुन सके यो हिमवत खण्डमा यहाँको कृति युग युगान्तर रहने थियो, फैलिने थियो । आशिर्वाद मिलोस् धनदेबी ।
जय लक्ष्मीमैया । जय यमपञ्चक ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]