Dabali News

निर्मलाको घर पुगेर नेकपाकी नेतृ चन्दले भनिन्- हत्यारालाई कारवाही नभए आन्दोनलमा जान्छौं

२१ कात्तिक

भीमदत्तनगर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले निर्मला पन्तका आमाबुबालाई भेट गरेकी छन् । संगठनको जिल्ला भेलालाई सम्बोधन गर्न कञ्चनपुर पुगेकी चन्दले मंगलबार निर्मलाको घरमै पुगेर आमाबुबासँग भेट गरेकी हुन् ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी चन्दले निर्मलाको हत्याकाण्डको जानकारी समेत लिएकी थिइन् । उनले घटनापछि भइरहेको अनुसन्धान प्रभावकारी नभएको भन्दै सरकारको आलोचना समेत गरिन् । सरकारकै उच्चबाटै बलात्कारी–हत्याराले संरक्षण पाइरहेकोले अहिलेसम्म पत्ता नलागेको बताइन् ।

भेटमा निर्मलाका आमाबुबाले घटनाको जानकारी गराउँदै त्यसपछि भइरहेको अनुसन्धान सन्तोषजनक नभएको बताए । उनीहरुले आफूहरु न्यायकै लागि काठमाडौँ पुग्दा पनि अझैसम्म हत्यारा पत्ता नलाएकोमा दुःख लागेको बताए । निर्मलालाई न्याय दिलाउने सहयोग गर्न आग्रह समेत गरेका थिए ।

नेतृ चन्दले घटनाप्रति आपत्ति जनाउँदै संगठनको सुरुदेखि विरोध गरेको जानकारी गराउँदै हत्यारालाई कारवाही नभए आन्दोलनमा उत्रिने बताइन् । सरकार गैरजिम्मेवार बनेकै कारण हत्यारा पत्ता नलागेको बताउँदै नेतृ चन्दले निर्मलालाई न्याय दिलाउने अभियानमा आफूहरुको एक्येवद्धता रहेको र जस्तोसुकै आन्दोलनमा उत्रिन संगठन तयार रहेको बताइन् ।

भेटमा अग्‍नीलगायतका नेकपाका जिल्ला नेताहरु पनि सहभागी थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]