Dabali News

बखत र प्रतिभाको पहिलो गीतः फर्क प्रदेशी, ‘बनाउ नेपाल’ (भिडियोसहित)

काठमाडौं । केही दिनदेखि सामाजिक संजाल र संचारमाध्यममा छाएका कैलालीका बखत विष्ट र प्रतिभा चौधरीले अभियन गरेको गीत बजारमा अाएको छ ।

भाईरल जोडी बखत र प्रतिभाको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीले स्वर दिएका छन् । गीतमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरीले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

रचनाकार बखतले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]