Dabali News

‘३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल सिआईएको एजेण्ट हुन्, भैसेपाटीको गोप्य घरमा रसपान गर्छन्’

२१ कात्तिक

काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अमेरिकी गुप्तचर संस्था सिआईएको एजेण्ट भएको आरोप लागेको छ । मुख्यमन्त्री पौडेल आफ्नो योजनमा भन्दा एसिया फाण्डेशनको योजनामा प्रदेश सरकार चलाउन लागेको आरोप पनि लागेको छ ।

यो आरोप सर्वसाधारण नभएर प्रदेशकै सांसद केशव स्थापितले लगाएका हुन् । उनलाई मुख्यमन्त्री पौडेलले हालै मात्र बर्खास्त गरेका थिए । स्थापितले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पौडेलले सिआईएको पैसा लिएर कार्यक्रम सञ्चालन गर्ने र सूचना बेच्ने गरेको बताए ।

सांसद स्थापितले ‘द एशिया फाउण्डेशन’ मार्फत सिआईएले लगानी मुख्यमन्त्री पौडेलले भित्र्याएको बताए । मुख्मन्त्री पौडेललाई ललितपुरको भैसेपाटीमा गोप्य सुत्न प्रयोग गरेको घरमा फाण्डेशनले नै फण्डिङ गरेको दाबी स्थापितको छ ।

“ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ” स्थापितले भने ।

प्रदेशको अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले एशिया फाउण्डेशनकै आर्थिक सहयोग लिएको बताउँदै स्थापितले भने, “यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।” यो विषयलाई आफूले संसदमा कुरा उठाउने बताए ।

पौडेल मुख्यमन्त्री हुन सक्ने हैसियत नभएको व्यक्ति भएको बताउँदै स्थापितले पार्टीभित्रको गुटबन्दीको कारण यो ठाउँमा पुगेको बताउ । पौडेल हेटौंको १० वर्षसम्म मेयर भएको तर कुनै विकास गर्न नसकेको बताए ।

कार्यक्रममा स्थापितले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि बताए । सिआईएको पैसामा कार्यक्रम सञ्चालन गर्ने मात्र नभएर सबै सूचना लिएर अनि सिआईलाई दिने व्यक्ति (नेकपा)का सदस्य हुन सक्छ ? भन्ने प्रश्न समेत गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]