Dabali News

बझाङमा बल्ल पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, चैनपुर झिलिमिली

२० कात्तिक

बझाङ । राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । मंगलबार विहान १० बजे बझाङ सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना गरी बझाङ । ३३ केभी राष्ट्रिय लाइनमा जोडिएको जानकारी गराइएको थियो ।

बिजुली बलेसँगै चैनपुरबासीमा खुसीयाली छाएको छ । अब चैनपुरमा विद्युतबाट गरिने सबै काम तथा उद्योग धन्दालाई सहज हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले चैनपुर र आसपासमा विद्युत आपुर्ति गर्दै आएको सुर्मादेवी जल विद्युत प्रालिसँगको सम्झौता खारेज गरेको छ ।

अब सुर्मादेवीले चैनपुरबाहिर र नेपाल विद्युत प्राधिकरणले चैनपुरमा विद्युत सेवा दिने छन् । २०६४ सालमा बझाङसम्म लाइन विस्तारको चर्चा चलेपनि २०७२ कात्तिकदेखि पोल गाड्ने काम सुरु भएको थियो । प्रसारण लाइन योजनामा गत भदौभित्र पोल र तार तान्ने काम सकिएको थियो ।

दसैं अगाडि विद्युत प्रवाह गर्ने प्रतिवद्वता जनाए पनि स्थानीयबासीसँगको विवाद र डारेक्ट प्रवाह गर्न ट्रान्सफर्मर बझाङ नपुगेकाले ढिलो भएको नेपाल विद्युत प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्टले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]