Dabali News

प्रधानमन्त्रीको ‘छोरो हुँ’ भन्दै सागर थापाको ठगी धन्दा

२० कात्तिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको छोरा हुँ भन्दै एक जना व्यक्तिले ठगी धन्दा चलाइरहेका छन् । उनले दर्जनौं व्यक्तिलाई झुटा प्रलोभनमा री विभिन्न शिर्षकमा करोडौं रकम ठगी गरेका छन् ।

काठमाडौं महानरपालिका-३२ थापागाउँ बस्दै आएका सागर थापाले विभिन्न व्यक्तिहरुसँग करोडौं रकम ठगी गर्दै आएको प्रमाण अनलाइन डबलीलाई प्राप्त भएको छ । थापाले प्रधानमन्त्री ओली, (नेकपा) का उच्च तहका नेता तथा मन्त्रीलाई प्रभावमा पारी ठगी धन्दालाई व्यवसायीक रुपमा अगाडि बढाइरहेका छन् ।

सुरुमा ठेकेदारका टेण्डरमा हिड्ने र गुण्डाभत्ता असुलीबाट गुजरा चलाउँदै आएका थापा अहिले दर्जनौं व्यक्तिलाई सडकमा पुर्याएर करोडपति भएका छन् । नेपाली काँग्रेसबाट राजनीतिबाट ठगी धन्दा सुरु गरेका थापा पछिल्लो पटक पूर्वएमालेका नेताहरुसँग नजिक भएका थिए । अहिले उनी राष्टपति विद्यादेवी भण्डारीसँग समेत नाता जोडेका छन् ।

बार्सा कलेज र ध्रुवतारा सहकारी डुबाएर लगानीकर्ताको करोडौं रकम ठगी गरेका थापाले नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक गोपाल खड्कासँग मिलेर निगमको जग्गा खरिद प्रकरणमा दर्जनौं व्यक्तिहरुसँग करोडौं रकम ठगी गरेका छन् । पेट्रोल भण्डारणको लागि जग्गा करिद प्रकरणमा धादिङ, तनहुँ र चितवनका सोझा गरिब किसानदेखि लगानीकर्ताहरुसँग थापाले करोडौं रकम ठगेका प्रमाणहरु प्राप्त भएका छन् । थापाले धादिङमा मुकुन्द राई, निरबहादुर राई, ज्ञानेन्द्र श्रेष्ठलगायत दर्जनभन्दा बढी व्यक्तिहरुसँग जग्गाको बैना गर्नुपर्ने भन्दै करोडौं रकम ठगी गरेका हुन् । ३०० रोपनी जग्गामा धनिहरु विष्णुराज अधिकारी, केशवराज अधिकारी, ग्याप नेपाल प्रा.लि.का भोलाराज पाण्डेसँग मिलेर करिब ४ करोड रकम ठगेका छन् ।

तनहुँमा निगमको जग्गा टेण्डर हाल्दा आफ्नै श्रीमति अनिमा कँडेललाई प्रयोग गरी ३ करोडको बैँक ग्यारेन्टीको साथै बैना टोकन भन्दै नबिन सिलवाल, नरेन्द्र न्यौपानेलगायत थुप्रै स्थानीयलाई पनि थापाले ठगी गरेका छन् ।

त्यसैगरी चितवनमा ग्याँस भण्डारन गर्न थप जग्गा थप्नुपर्छ भन्दै २० विघा जग्गाको बैनामा बहादुर ताम्राकार, नवराजलगायतका व्यक्तिहरु पनि थापाबाट करोडौं रकम ठगिएका छन् । उनको ठगी धन्दाको शिकार चितवनका एक शिक्षक पनि भएका छन् । प्रतिस्ठित घर परिवारक शिक्षक अहिले एक जोर जुत्तासम्म बदल्न नसक्ने गरी थापाले ठगेका छन् । निगमको जग्गा खरिद प्रकारणमा शिक्षक ठगिएका हुन् ।

“प्रधानमन्त्रीज्यूलाई ‘बा’ भन्दै हामीलाई विभिन्न प्रलोभनमा पारी नेपाल निगमको जग्गा खरिदमा थापाले ठगेका छन् । अहिले रकम माग्दा बा (प्रधानमन्त्री ओली) ले मैले भनेको जे पनि काम गरिदिनुहुन्छु, राम्रो हुँदैन भन्दै उल्टै धम्की दिने गरेका छन्” चितवनका एक पीडितले भने । ठगी गर्दै हिड्ने व्यक्तिलाई कारवाही गर्नुको साटो प्रहरीका उच्च अधिकारीहरु नै उठबस गरेको भन्दै आफू अचम्ममा परेको उनले बताए ।

थापाले उठिबास लगाएका सहकारीका बचत कर्ताहरुलाई पनि थर्काउने-धम्काउने गरेका छन् । दर्जनौं व्यक्तिहरुलाई सडकमा पुर्‍याएका थापाले आफ्नो ठगी धन्दालाई ढाकछोप गर्न राष्ट्रपति भण्डारीलाई समेत दुरुपयोग गर्दै आएका छन् । उनले राष्ट्रपति अाफ्नो आन्टी भएको बताउँदै भन्दै हिड्ने गरेका छन् । थापाले कतिपयलाई भेट्न पनि राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमै बोलाउँने गरेको पीडितहरुको भनाई छ ।

केही समयअघि थापालाई बैकिङ्ग कसुरमा प्रहरीले पक्राउ समेत गरेको थियो । कृषि विकास बैंकको स्यम्भु शाखा काण्डमा थापा पनि मुछिएका व्यक्ति हुन् । तर, (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालको पावर लगाएर छुट्न सफल भए । उनको उक्त मुद्दा अहिले पनि अदालतमा विचारधिन अवस्थामा छ ।

थापा प्रधानमन्त्री ओलीको छोरा होइनन् भन्ने कुरा सबैलाई जानकारी भएकै विषय हो । तर, उनले आफूलाई ‘छोरो’ मानेको र सबै काम आफूले गर्ने गरेको बताउँदै आएको पीडितहरु बताउँछन् । आफ्नो नाम लिएर करोडौं रकम ठगिरहेको जानकारी प्रधानमन्त्री ओलीलाई जानकारी भएको होला कि नहोला ? पीडितहरुको प्रश्न छ ।

ठगी गरेको दर्जनौं प्रमाणहरु अनलाइन डबलीलाई प्राप्त भएपछि यो समाचार तयार पार्दै गर्दा हामीले थापाको नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]