Dabali News

मलको अभाव हुँदा कैलालीका कृषक समस्यामा

२० कार्तिक

कैलाली । धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् ।

सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव सिर्जना भएको हो ।

मलको अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने देखिएको स्थानीय कृषक रामदिन चौधरीले बताए । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयमा सरकारी अनुदानको युरिया र डिएपीको मौज्दात सकिएको तथा अनुदान नभएको सिङ्गल सुपरफस्पेट र एमोनियम फस्फेट मल मात्र मौज्दात रहेको बताए ।

अनुदान नभएको मलमा किसानको माग त्यति नरहेको र समयमै आपूर्ति नगरिएको भन्दै आक्रोशित किसानको समूहले केही दिन अघि कृषि सामग्री लि.को धनगढीस्थित कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि प्रदर्शनसमेत गरेका थिए । कृषि सामग्री कम्पनी धनगढी कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले मल ढुवानीकर्ताको लापर्वाहीले गर्दा मल समयमै आपूर्ति हुन नसकेर अभाव सिर्जना भएको बताएका छन् ।

साल्ट ट्रेडिङ र कृषि सामग्रीले सहकारी संस्थामार्फत् अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् । धान र गहुँको दुई मौसममा गरिने खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मलको आवश्यकता गर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]