Dabali News

होचा पुड्का संघ नेपालले देउसी भैली कार्यक्रम गर्दै

२० कार्तिक

काठमाडौं । ऐतिहासिक राष्ट्रिय सम्मेलनको सहयोगार्थ होचा पुड्का संघले देउसी भैलो कार्यक्रम शुरु गरेको छ ।

नेपालीको देस्रो चाड दिपावलीको संस्कृति जोगाउन र ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागी सहयोगार्थ रकम संकलनका गर्न देउसी तथा भैलो कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष निर्मल मग्रातिले बताए ।

‘होचा पुड्काको एकता, आजको आवश्यकता सार्थक र चेतनामुलक कलाकारीता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उनीहरुले आजबाट भृकुटीमण्डपमा देउसी तथा भैली खेल्न शुरु गरेका हुन् ।  उनीहरुले आजदेखि लगातार ५ दिनसम्म फरक फरक ठाउँमा देउसी भैलो खेल्ने भएका छन् । एक ठाउँमा संघका सदस्यहरु भेला गरेर आफ्नो नृत्य तथा देउसी भैली प्रस्तुत गर्ने छन् ।

शरीरिक रुपले होचा र पुुड्का भए पनि अरुहरुको भन्दा कम प्रतिभा नरहेको र पहिले पहिले अरुको छेउमा जान र घुलमील हुन लाज मान्ने उनीहरु आजभोली आफै संघ खोलेर आफू जस्तै अरुको सेवा गरि रहेका छन् ।

कार्यक्रम पर्यटक व्यवसायी गोपाल बाबु श्रेष्ठको प्रमुख आत्तिथ्यतामा शुरु गरिएको थियो । बिगतमा झैँ आगामी दिनमा होचा पुड्का संघको हकहितमा सदा साथ र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । संस्थाका महासचिव लेख बहादुर मोक्तानले देउसी भैलोबाट उठेको रकमले राष्ट्रिय सम्मेलन गर्ने र काठमाडौँमा कोहि पनि नभएका होचापुड्कालाई सहयोग गर्ने बताए । काठमाडौँमा कोहि पनि नभएका होचा पुड्कालाई गोलढुंगामा बसोबासको व्यवस्था मिलाइसकेकोसमेत बताउदै उनीहरुको हकहित सुरक्षित गर्न कल्याणकारी कोष स्थापना गर्नेसमेत जानकारी दिए ।

हाल ५ जना होचापुड्कालाई संस्थाले गोलढुंगामा बसोवासको व्यवस्था मिलाएको महासचिव मोक्तानले बताए । कार्यक्रमका बिशेष अतिथि समाजसेवी बिनयजंग बस्नेतले होचा पुड्काहरुलाई हाँसोको पात्रको रुपमा चित्रण गर्ने मानसिकता त्याग्दै उनीहरुको भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी दिनमा होचापुड्काहरुको लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै अर्का अतिथि नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले १५५ वटा मेडिकलमा होचा पुड्काको लागि औषधि र स्वास्थ्य चेकजाचको व्यवस्था गरिएको जानकारी दिए ।

राष्ट्रिय कलाकार गणेश गुरुङ, सुमन परियार, वेलिमाया गोर्खाली, मिना थापामगर, मनमोहन बिक, यादब पोखरेल, प्रितम थापामगर, गणेश परियार लगायतले बाद्यवादन तथा गायन सहित विभिन्न प्रस्तुति दिएका दिएका थिए ।  होचापुड्का संघका सदस्यले कलाकारको प्रस्तुतिमा आकर्षक नृत्य गर्दै कार्यक्रमको माहोल तताएका थिए । संघले आगामी बर्षमा पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]