Dabali News

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेता नेपाल

२० कार्तिक

निजगढ । निजगढमा

अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन विभिन्न चलखेल भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

निजगढमा नेपाल कम्युनिष्ट पार्टी नगरसमितिले गरेको दीपावली तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा नेता नेपालले निजगढमा विमानस्थल बन्ने आधार प्रशस्त रहेको बताउदै अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा ढुक्क रहन आग्रह गरे ।

‘अन्तराष्ट्रिय विमानस्थलबाट राजधानीको दूरी एक घण्टामा रहने गरेको उदाहरण छ,’ संसदको अन्तरराष्ट्रिय सम्बन्ध समिति संयोजकसमेत रहेका नेता नेपालले भने, ‘फाष्ट ट्र्याकसमेत जोडिएकाले अन्य विकल्प खोज्न सकिँदैन ।’

नेपालले विमानस्थल निर्माणका लागि रुख कति काट्ने भन्ने विषयमा धेरै अध्ययन जरुरी रहेको बताउँदै जंगल राखेर पनि विमानस्थल निर्माण हुनसक्ने बताए । निजगढ विमानस्थल आसपास शहर बनाउने प्रस्ताव कुनै हालतमा सफल नहुने बताउँदै नेता नेपालले हवाई मैदानका ठाउँमा शहर बनाउने विषय उठान नगर्न आग्रह गरे ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]