Dabali News

अझै पुगेन शिक्षाका नारा रमपुरा गाउँमा, सयौँ बालबालिका विद्यालयबाट बञ्चित

२० कार्तिक

सप्तरी । सरकारले शुरु गरेको ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नाराका साथ भर्ना अभियानले देशभरका ८० प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् ।

अभियानलाई सफल पार्न प्रदेश, स्थानीय सरकारसहित शिक्षक, कलाकार, वुद्धिजीवी र समाजसेवी लगायतले अभिभावकत्व ग्रहण गरेर बालबालिकालाई विद्यालयको पहुँचमा पुयाए । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ रमपुराका मुसहर (सदा) गाउँमा भने अभियान पुगेको छैन ।

आर्थिक अभाव र जनचेतनाको कमीका कारण रमपुराका एक सय ५० बढी बालबालिका विद्यालयबाट बञ्चित छन् । मजदुरी वापतको अन्नले छाक टार्नै मुश्किल पर्ने हुनाले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नसकिएको बालबालिका अभिभावक बताउँछन् । किताव, कलम, कपी र झोला किन्न नसक्दा बालबालिकाले विद्यालय देख्न नपाएको उनीहरुको भनाई छ ।

भर्नाका लागि पटक पटक भनिरहदाँ पनि अभिभावकले आर्थिक समस्या देखाएर बालबालिकालाई विद्यालय नपठाएको गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल ‘कुरुड’ को भनाई छ ।

शिक्षा मन्त्रालयका अनुसार अभियानपछि मुलुकमा २ लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । अझै ५९ हजार ७ सय ३३ बालबालिका विद्यालयको पहुँच बाहिर छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]