Dabali News

चितवन राइनोजका कप्तान पारसको पहिलो अर्ध शतक

२० कार्तिक

पोखरा । पीपीएलमा चितवन राइनोजका कप्तान पारस खड्काले पहिलो अर्ध शतक प्रहार गरेका छन् ।

शुरूवातका खेलमा नचले पनि उपाधि भिडन्तका लागि पोखरा पल्टनसँग भिडिरहेको चितवनले पहिलो विकेट ९ रनमा गुमाए पछि मैदान आएका पारसले ३६ बलमा अर्धसतक पूरा गरेका हुन् ।

अर्धसतक पूरा गर्दा उनले ३६ बल खेल्दै ६ चौका प्रहार गरेका थिए । अर्धतक पूरा गरेपछि १ रन जोडेर नन स्ट्राइक इनमा रहेका पारस त्यसपछि रन आउट भएका थिए ।

रासिद खानको बलिङमा अनिल साहले प्रहार गर्दा उनको हातलाई छोएर स्टम्पमा लागेको थियो । त्यसपछि उनी ५१ रनमा आउट हुँदै पेभेलियन फर्किएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]