Dabali News

लैनचौरस्थित जन्मथलोमा ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

२० कार्तिक

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ ।

पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने बताइएको छ ।

नेपाल तामाङ घेदुङ संघले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ ३ दशक अगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताए ।

लामाको मूर्ति काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइने छ । लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेलेका थिए ।

उनले सन् १९८६ मा पहिलोपटक १० औं एसियाली खेलमा नेपालको तर्फबाट कांस्य पदक जितेका थिए । सन् १९८७ मा स्पेनमा भएको ८ औं विश्व तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जिते, सन् १९८८ को आठौं एसियन च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

दक्षिण कोरियाको सोलमा सम्पन्न २४ औं ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कांस्य पदक जितेका थिए । उनले आफूलाई साधारण खेलाडीका रूपमा मात्रै लिन आग्रह गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]