Dabali News

पहिलो पटक हुम्ला पुग्यो सडक सवारी साधन

२० कार्तिक

हुम्ला । जिल्लामा पहिलो पटक सडक डिभिजन कार्यालय हुम्लाले सरकारी गाडी पुर्याएको छ ।

हिल्सादेखि सिमकोट सम्म ५ किलोमिटर ट्रयाक ओपनिङ्ग भएपछि हिल्सा सिमकोट
हिल्सा-सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पुरा नभएकोले सल्ली खोलासम्म हिल्सा सिमकोट र सल्लीदेखि लिमि-लाप्चाको सडक हुँदै शनिबार सिमकोटमा गाडी पुगेको हिल्सा सिमकोट सडक आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिएका छन ।

उनले चीनबाट नेपाली गाडी गुडाएर लिन नमिल्ने भएको केरुङ नाका हुँदै हुम्ला हिल्सा नाका कन्टिनरमा ढुवानी गरी ल्याएको उनले बताए ।

अब हुम्ला चीनको सिमाना हिल्सा सम्म-५ किलोमिटर गाडी गुड्नेछ । भने सिमकोटदेखि १५ किलोमिटर खार्पुनाथ गाउँपालिकाको याङ्गचुसम्म सडकको गाडी चीनीया कन्टिनरले नेपाली गाडी हिल्सा पुर्याएको हो ।

रसुवाको करुङ्ग नाका हुँदै हिल्सा सिमकोट आयोजनाको गाडी चीनको ताक्लाकोट हँुदै हिल्सा पुर्याएको थियो । नेपाली गाडी चीनमा गुडाएर लिन नमिल्ने भएपछि चीनिया कन्टिनरमा ढुवानी गरेर हिल्सासम्म पुर्याएको हिल्सा सिमकोट सडक आयोजना प्रमुखले बताए ।

उनले चिनिया रुडमा नेपाली गाडी चल्न नमिल्ने भएपछि २ लाख ४ हजार ढुवानी गरी हिल्सा नाकासम्म गाडी लगेको बताए ।

हिल्सा सिमकोट सडक आयोजनाको गाडी हुम्लाको हिल्सा नाकाबाट दिनपछि सदरमुकाम सिमकोट गाडी पुर्याएको हिल्सा सिमकोट सडक आयोजनाका डाईभर नर बहादुर लामाले बताए । उनले गाडी सिमकोट ल्याउनका लागि ३ वटा लेक क्रस गरेर ल्याएको बताए । बिच बाटो खाद्यान्न सामाग्री साथ बोकेर ल्याएका थियो जुन ठाउँमा रात पर्छ त्यही बास बस्ने गरेको डाईभर लामाको भनाई छ ।

च्याछहरामा सडक निर्माण कार्य हुने गरेकाले लिमी लाप्चा सडक लेक धिगा हुँदै सडको गाडी सदरमुकाम सिमकोट भित्रयाइएको छ । सडक सञ्जालले हुम्लालाई नजोडे पनि हिल्सा सिमकोट सडक आयोजनाले सरकारी गाडी हुम्ला सदरमुकाम सिमकोट पुर्याएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]