Dabali News

यातायात व्यवस्था विभागका निर्देशक शाहले पत्रकारसँग मागे माफी (भिडियोसहित)

१९ कात्तिक

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द शाहले पत्रकारहरुसँग माफी मागेका छन् । सगरमाथा टेलिभिजनकि पत्रकार शिखा श्रेष्ठ र क्यामरा पर्सन अजय हाकुजुलाई समाचार संकलनका क्रममा गरेको दुर्व्यवहारप्रति शाहले माफी मागेका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीसहित कार्यालयमै पुगेको गएको क्रान्तिकारी पत्रकारको टोलीसँग शाहले सोमबार माफी मागेका हुन् । निर्देशक शाहलाई रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेकाेमा माफी माग्दै अब यस्ता व्यवहार नदाेहाेर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालले मुलुकी ऐन (फाैजदारी र देवानी संहिता) संशाेधनका लागि शुरुदेखि नै अान्दाेलन गरिरहेकाे अवगत गराउँदै पत्रकारको टोलीले पत्रकारलाई दुर्व्यहार गरेकोप्रति अापत्ति जनाएको थियो । निर्देशक शाहले उक्त घटना दुःखद् भएको बताउँदै माफी माग्नुको साथै पत्रकारको अान्दोलनप्रति अाफ्नो ऐक्यबद्धता रहेकाे बताए ।

पत्रकार बाबुराम भुषालले सार्वजनिक पदमा बसेपछि फाेटाे खिच्न अनुमति माग्नुपर्छ भन्नु र जथाभावी गाली गलाैजमा उत्रनु प्रेस विराेधी हर्कत भन्दै अापत्ति जनाएका थिए । क्रान्तिकारी पत्रकारहरु कमल बुढा, भाैतिक मल्ल, धनन्जय बुढा, संगठनका काडमाडौं अध्यक्ष करण बडाल, सचिव सुरज प्याकुरेल, कोषाध्यक्ष शाेभराज बरालको टोलीले शाहलाई मिडियाप्रति जिम्मेवार बन्न र यस्ता हर्कत नदाेहाेर्याउन सचेत गराएको थिए ।

यसैबीच निर्देशक शाहबाट दुर्व्यवहार भाेगेका टेलिभिजन पत्रकार शिखा र अजयले अाफुहरुप्रति भएकाे व्यवहारप्रति चासाे दिएर खबरदारी गरेकाेमा धन्यवाद दिएका छन् । काठमाडौं सचिव प्याकुरेलसँग टेलिफाेनमा कुरा गर्दै पत्रकारद्वयले हामीमाथि भएकाे हर्कतविरुद्ध सशक्त खबरदारी गरेकाे भन्दै धन्यवाद दिए ।

यसरी मागेका माफी शाहले 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]