Dabali News

‘सपनीमा देखें आमा’ (भिडीयोसहित)

१९ कार्तिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘सपनीमा देखें आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी बिरामी आमालाई सम्झेर भावविभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैं तिहार जस्तो ठूलो चाडपर्वमा घर जान नपाउदाको पिडा, भाइटीकामा दिदीको सम्झनाले भक्कानिएको मुटु र साहुको ऋणले पिरोलिएको आमाको मर्म बोलेको छ ।

कुमार केसीको रचना, रमेश कायस्थको संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा बिभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीवन भट्टराई र रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन निर्माता अर्जुन अकारीले गरेका छन् भने यसको निर्माण कुमार केसीले गरका हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]