Dabali News

नायिका केकीले बनाउँदै ‘कन्याकुमारी’

१९ कार्तिक

काठमाडौं । नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् ।

केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘कन्याकुमारी’ राखिएको छ । सुरुवातमा चलचित्रको निर्देशन पनि केकीले नै गर्ने बताइएको थियो तर अन्तिम समयमा आएर उनी निर्देशनबाट पछि हटेकी छन् । अब उनले निर्माण गर्न लागेको दोश्रो चलचित्रलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्न लागिएको बुझिएको छ ।

चलचित्र हास्यशैलीमा निर्माण हुनुको साथै महिला केन्द्रित भएको बुझिएको छ । चलचित्रमा ५ जना नायिका रहने केकीको भनाई रहेको छ । चलचित्रको कथा लेख्ने काम भैरहेको छ । चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने केकीको योजना छ ।

चलचित्रको औपचारिक घोषणा केही दिनभित्रमै गर्ने तयारी भइरहेको उनले बताइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]