Dabali News

सचेतना फैलाउँदै साइकल यात्री गुरुङ

१९ कार्तिक

काठमाडौं । प्रदेश नं.१ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने उद्देश्यसहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुगेका छन् ।

उदयपुरबाट यात्रा सुरु गरेका २० औँ दिनमा साइकल यात्री दिवस गुरूङ तेह्रथुमको म्याङलुङ पुगेका हुन् । ताप्लेजुङमा रहेको तिर्थस्थल पाथीभरा पुगेर पाँचथर हुँदै तेह्रथुमको आठराई भएर म्याङलुङ पुगेको बताइएकोे छ ।

दिगो विकासका लागि साइकल अभियान ‘देश घुमौं, देश बुझौं’ भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि ‘नेपाल साइकल यात्रा’ नामाकरण गरेर हिँडेको साइकल यात्री गुरुङले बताए । आफुले यात्राका क्रममा अटिजम र रक्तदानका बारेमा प्रचार गर्ने कार्यसमेत गरिरहेको बताएका छन् ।

४० दिने साइकल यात्रामा प्रदेश–१ का १४ जिल्लाका साथै २ नं.प्रदेशसहितका तराईका सबै जिल्ला पुग्ने उनको लक्ष्य छ । उनी वि.सं. २०७२ को भूकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन संकटपछि साइकल चलाउन प्रेरित भएका थिए ।

पर्यटन वर्ष २०२० को प्रवद्र्वन, स्वास्थ्य तथा वातावरण र पर्यटनका लागि साइकलको महत्व दर्शाउने, अटिजम सम्बन्धी जनचेता, रक्तदानको महत्व दर्शाउनका साथै जैविक विविधता संरक्षणमा जोड दिने उद्देश्य रहेको गुरूङले बताए ।

यात्रामा १ लाख रुपैँया खर्च लाग्ने र खर्चको व्यवस्थापन आफैँले गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]