Dabali News

आँधी र बाढीका कारण ३० जनाको मृत्यु, अर्बौंको सम्पत्ति नष्ट

१९ कार्तिक

काठमाडौं । युरोपेली मुलुक इटालीमा आएको ६० वर्षयताकै विध्वंसात्मक आँधी र बाढीमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीमा परेर एकै परिवारका ९ जनासहित १२ जनाको मृत्यु भएपछि १ साताको अवधिमा ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।

बाढीले खोलाको धार परिवर्तन गरी घरभित्र प्रवेश गर्दा मृत्यु भएका एकै परिवारका ९ जनालाई पानीले डुबाएको अवस्थामा घरभित्रैबाट निकालिएको थियो । अन्य ३ जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुबानमा परेको उक्त घरका ३ सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका छन् । इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि ठूलो आँधीसहित वर्षा हुँदा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अर्बौंको सम्पत्ति नष्ट भएको एजेन्सीले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]