Dabali News

चेल्सीको सहज जित, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

१९ कार्तिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र चेल्सीले सहज जित हात पारेका छन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले साउथह्याम्पटनलाई ६-१ ले पराजित गरेको छ । सिटीका लागि राहिम स्टर्लिङले २ गोल गर्दा सर्जियो अगुएरो, डेभिड सिल्भा र लेरोए सानेले १-१ गोल गरे ।

साउथह्याम्पटनकै वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३-१ ले हराएको छ । खेलमा चेल्सीका अल्भारो मोराटाले २ गोल गर्दा पेड्रोले १ गोल थपे । प्यालेसका एन्ड्रोस टाउनसेन्डले १ गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

२७ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिँदा समान २७ अंक नै भए पनि लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]