Dabali News

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा पहिलो पटक मुटुको क्याथ ल्याब सेवा शुरु

३ माघ

काठमाडौँ । मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब सेवा शुरु गरेको छ ।

मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेजस्ता मुटुसँग सम्बन्धित सेवा शुरु गरेको छ ।

वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको टोलीले पहिलो पटक सूर्यविनायक नगरपालिका–४ दधिकोटकी ५० वर्षकी विमला न्यौपानेको मुटुको एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।

त्यस्तै ३७ वर्षका अष्टलाल डंगोलको पनि आजै मुटुरोग विशेषज्ञ ठाकुरसहित ११ जनाको टोलीले एनजिओग्राफी सफलतापूर्वक सम्पन्न गरेको छ ।

पहिलो पटक सेवा शुरु गरेकाले केन्द्रले आज उनीहरुको निःशुल्क रुपमा एनजिओग्राफी गरेको छ ।

सञ्चारकर्मीलाई जानकारी दिँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टले भक्तपुरमा सफलतापूर्वक एनजिओग्राफी गरेको बताउँदै मुटुरोगीको संख्या बढ्दै गएकाले यस्ता सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने बताए ।

उनले भने,“नेपालमा दैनिक रुपमा मुटुरोगीको संख्या बढ्दै गएको छ, त्यसको अनुपातमा मुटु उपचारको सेवा विस्तार हुन सकेको छैन, सेवालाई अन्य प्रदेशमा पनि सञ्चालन गर्न जरुरी छ ।”

भक्तपुर र पूर्वका बिरामीले मुटुको उपचारका लागि अन्यत्र जानु नपर्ने भएको छ । न्यूरोको एनजिओग्राफी, रेनल नजिओग्राफीलगायतका अन्य सेवा पनि सञ्चालन गर्न सकिने बताइएको छ ।

आवश्यक जनशक्ति उपलब्ध भएमा यस मेशिनबाट नेपालमा उपलब्ध हुँदै आएको मुटुसम्बन्धी सबै सेवा सञ्चालन गर्न सकिने बताइएको छ ।

उनले भने,“गंगालाल र मनमोहनमा ओभर फ्लो भएका, त्यहाँ पालो कुर्नु पर्ने बिरामीलाई सरकारी शुल्क मै यहाँ सेवा दिन सकिन्छ, सस्तो सेवा भएकाले भक्तपुरका जनतालाई मात्रै नभई नेपालमा मुटुका बिरामीलाई यसले निकै राहत दिन्छ ।”

निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानवका विभिन्न अंग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण गर्दै सरकारको ८ करोडको लागतमा ल्याएको अत्याधुनिक प्रविधि युक्त मेशिनले क्याथ ल्याब सेवा शुरु गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]