Dabali News

नेकपाको जनसभामा सहभागी हुन इन्जिनियर्स एशोसिएनसनको अपील (विज्ञप्तिसिहत)

१९ कात्तिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आउँदो मंसिर ८ गते आयोजना गर्न लागेको जनसभामा सहभागी हुन जनगणतान्त्रिक इन्जिनियर्स एशोसिएसन, नेपालले अपील गरेको छ ।

काठमाडौँमा आयोजन गरिएको जनसभामा सहभागी हुन एशोसिएनसनले संगठनमा आवद्ध इन्जिनियरसँगै सम्पूर्णलाई अपील गरेको हो । अध्यक्ष सुरेशकुमार चौधरीले एक विज्ञप्ति जारी गरेर आमसभामा संगठनको एक्यवद्धता जाहेर समेत गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट इन्जिनियरहरुको संगठनका अध्यक्ष चौधरीले देशमा दलालीकरण भयानक रुपमा बढिरहेको बताउँदै त्यसको असर इन्जिनियर क्षेत्रमा पनि परेको बताए । उनले आफ्नो संगठन इन्जिनियर क्षेत्रमा रहेका विकृति, विसंगतीलाई सच्याउँदै इन्जिनियरहरुको पेशागत हकहितको लागि अभियानमा जुटेको बताए ।

“देशको हरेक क्षेत्रमा दलालीकरण भयानक रुपमा बढिरहेको छ । देश नै बेच्न पनि पछि नपर्ने दलाल सोचको तीब्र रुपमा विकास भइरहँदा अर्कोतिर त्यसको प्रतिवाद गर्ने प्रयासलाई असफल पार्ने दुष्प्रयास पनि विकास भइरहेको छ । यसको नकारात्मक असर इन्जिनियरिङ क्षेत्रमा पनि परेको छ । त्यसैले जनगणतान्त्रिक इन्जिनियर्स एशोसिएसन, नेपाल इन्जिनियरिङ क्षेत्रमा रहेका विकृति, विसंगतिहरुलाई सच्याउँदै इन्जिनियरहरुको पेशागत हक, हित, अधिकारको संरक्षण गर्ने महाअभियानमा जुटेकोे छ” विज्ञप्तिमा चौधरीले भनेका छन् ।

विज्ञप्तिमा अध्यक्ष चौधरीले संसदीय दलाल फासीवादी व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जरुरी रहेको समेत उल्लेख गरेका छन् ।

राष्ट्रिय, जनजिवीकालगयात पछिल्लो राजनीतिक अवस्थाबारे नेकपाले पार्टीको धारणा सार्वजनिक गर्न मंसिर ८ गते काठमाडौंमा विशाल जनसभाको अायोजना गरेको छ । उक्त जनसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

यस्तो छ विज्ञप्तिः

यतिबेला देश निकै ठूलो समस्याका बीच गुज्रिएको छ । आजसम्मको नेपालको राजनीतिक इतिहासमा सामन्त, दलाल र बलियाले मात्र राज गर्ने विचार राख्ने पुँजीवादीहरुको मात्र दवदवा रह्यो । जसका कारण नेपाली जनता कहिल्यै पनि सत्ताको केन्द्रीय भूमिकामा आउन सकेनन् । देशको समुचित विकास हुन सकेन । जनताको सम्बृद्धि सम्भव भएन । विश्वमा वीरताको एउटा छुट्टै छाप छोडेको नेपाल प्रकारान्तरले सस्तो श्रम बेच्ने मुलुकका रुपमा गिर्दै गएको छ । देशको गिर्दो स्वाभिमान हामी कुनै पनि नेपालीका लागि सह्य विषय होइन । आफ्ना व्यक्तिगत कुन्ठा, आकांक्षा र कुचाहनामा देश र जनतालाई कैद गर्न खोज्ने असफल नेताहरुको सोचको शिकार हाम्रो देश र हामी कदापी हुन सक्दैनौ । देश बनाउन चाहने र सक्ने युवाशक्ति क्रमशः पलायन हुँदै गएको छ । देशको हरेक क्षेत्रमा दलालीकरण भयानक रुपमा बढिरहेको छ ।

देश नै बेच्न पनि पछि नपर्ने दलाल सोचको तीब्र रुपमा विकास भइरहँदा अर्कोतिर त्यसको प्रतिवाद गर्ने प्रयासलाई असफल पार्ने दुष्प्रयास पनि विकास भइरहेको छ । यसको नकारात्मक असर इन्जिनियरिङ क्षेत्रमा पनि परेको छ । त्यसैले जनगणतान्त्रिक इन्जिनियर्स एशोसिएसन, नेपाल इन्जिनियरिङ क्षेत्रमा रहेका विकृति, विसंगतिहरुलाई सच्याउँदै इन्जिनियरहरुको पेशागत हक, हित, अधिकारको संरक्षण गर्ने महाअभियानमा जुटेकोे छ ।

यो महाअभियान पूरा गर्न संसदीय दलाल फासीवादी व्यवस्थालाई खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जरुरी छ । त्यसैले नेपाल कम्युनिष्ट पार्टीले उठाउँदै आएको दलाल व्यवस्थाको खारेजी सम्बन्धी राजनीतिक वैचारिक कार्य प्रति हाम्रो संगठन सम्मान गर्दै यही मिति २०७५ मंसिर ८ गतेका दिन काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आम सभामा हाम्रो संगठन ऐक्यवद्घता जाहेर गर्दछ । साथै उक्त कार्यक्रममा देशभक्त, प्रगतिशील इन्जिनियरहरुलगायत आम समुदायमा यस प्रेस विज्ञप्तीमार्फत सहभागीताका लागि हार्दिक अपील गर्दछौँ ।

ई.सुरेश कुमार चौधरी
अध्यक्ष
जनगणतान्त्रिक इन्जिनियर्स एशोसिएसन, नेपाल

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]