Dabali News

बझाङको साईपाल गाउँपालिकामा खाद्यान्‍न अभाव, स्थानीय भन्छन्- तिहार पनि खल्लो हुने भयो

१९ कात्तिक

बझाङ । बझाङको दुर्गम गाउँपालिका साईपालगाउँपालिकामा खाद्यन्न अभाव भएको छ । स्थानीय जनप्रतिनिधिले दशैं अगाडि नै खाद्यान्न आपूर्ती गर्ने बताएपनि तिहारमा पनि खल्लो हुने भएको छ ।

स्थानीय जनप्रतिनिधिले दशैं अगाडि नै आपुर्ति गर्ने भनेपनि तिहार सुरु भइसक्दा पनि तिहार सुरु भइसक्दा समेत खाद्यान्न आइनपुगेको सोही गाउँपालिका–४ का मिनबहादुर बोहराले बताए । जिल्लादेखि केन्द्रका नेताहरुले दसैं अगाडि जिल्लाका सञ्चार माध्यहरुमा १ हजार कुइन्टल दशैं अगाडि र त्यसको लगत्तै थप ५ हजार कुइन्टल खाद्यान्न आपूर्ति गर्ने बताएपनि अहिलेसम्म एक किलो पनि नपुगेको बताए ।

साईपाल गाउँपालीकाका स्थानीयले ब्यापारीहरुले सदरमुकाम चैनपुरबाट ४० मा पाउने चामलको १सय ५० रुपैयाँ लिदै आएका छन् । त्यसैगरी गहुँ १ किलोको ७० रुपैयाँ चाउचाउको १ पाकेटको ५० रुपैयाँमा तोरीको तेल १ पाकेटको १ सय ५० रुपैयाँमा बिक्री गरिरहेको वडा नम्बर ४ का सिउमल रोकायाले बताए ।

साईपालगाउँपालिकाबाट बझाङको सदरमुकाम चैनपुर पुग्न ३ दिन लाग्ने गरेको छ ।

यातायात सुविधा नपुगेका कारण यो क्षेत्रमा भेडा-च्याग्रा तथा खसीबाट खाद्यान्न ढुवानी गर्नु पर्ने बाध्यता छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]