Dabali News

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ जना घाइते

१८ कार्तिक

काठमाडौं । ट्रक चालकले नियन्त्रण गुमाएपछि ठक्कर दिएर चीनको उत्तर–पश्चिममा १५ जनाको मृत्यु भएको छ ।

चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । लान्झाउ सूचना विभागकाअनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकि राखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाकाबारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र वर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो । अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]