Dabali News

काठमाडौंद्वारा चितवनलाई ९५ रनको लक्ष्य

१८ कार्तिक

काठमाडौं । चितवन राइनोजले नमस्ते पोखरा प्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा पुग्न ९५ रनको लक्ष्य पाएको छ ।

टस जितेर व्याटिङ रोजेको हुलासु काठमाडौं रोयल्स इलिमिनेटरमा १९.३ ओभरमा ९४ रनमा अल आउट भयो ।

सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिँदै काठमाडौंलाई धराशायी बनाए । काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराए ।

काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे । खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी ०, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए ।

सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए । अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए । करण केसी र कप्तान पारस खड्काको नाममा १-१ विकेट रह्यो ।

यस खेल जित्ने टोलीले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोबिनको प्रतिस्पर्धामा चितवनले काठमाडौंमाथि १३ रनको विजय हात पारेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]