Dabali News

नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश

१८ कार्तिक

काठमाडौं । सर्वियन टेसिन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी रोजर फेडररलाई पाखा लगाउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । जोकोभिच र फेडेररबीचको सेमिफाइनल खेलका तीनमध्ये दुई सेट टाइब्रेकरमा पुगेका थिए ।

फेडेरर विरुद्ध ४७ औं पटक खेलेका जोकोभिचले ७-६, ५-७ र ७-६ ले खेल आफ्नो पक्षमा पारे । यो जितसँगै ३१ वर्षिय जोकोभिचले पेरिस मास्टर्स टेनिसमा आफ्नो अपराजित खेल संख्या २२ पुर्याएका छन् ।

४ पटकका च्याम्पियन जाकोभिचले फाइनलमा रुसी खेलाडी कारेन काचानोभसँग खेल्ने छन् । सेमिफाइनलमा अस्ट्रियाका डोमिनिच थियामलाई हराउँदै काचानोभ फाइनलमा पुगेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]