Dabali News

मुस्ताङबाट ५० करोड बराबरको ५ हजार मेट्रिक टन स्याउ निकासी

१८ कार्तिक

काठमाडौं । हिमाली जिल्ला मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको ५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ ।

यस वर्ष मुस्ताङमा फलेको ८० प्रतिशत स्याउ निकासी भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन इकाइ कार्यालय जोमसोमले जनाएको छ ।

इकाइका प्रमुख बागवानी विकास अधिकृत शिवपुजन गुप्ताले गत वर्षको तुलनामा यसपाली स्याउको उत्पादन वृद्धि भएको बताएका छन् ।

गत वर्ष ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुस्ताङबाट ४२ करोड रुपैयाँ बराबरको निकासी भएको थियो । खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोगकिराको समस्या नभएकाले स्याउ उत्पादन बढेको अधिकृत गुप्ताले जानकारी दिए ।

मुस्ताङमा ४५० हेक्टरमा १ लाख ३५ हजार बोट स्याउ लगाइएको छ । उत्पादित ८० प्रतिशत स्याउ निकासी हुने गरेको छ । २० प्रतिशत भने आन्तरिक खपत हुने गरेको छ । सरकारले मुस्ताङमा स्याउ खेती प्रवद्र्वन गर्न ‘स्याउ जोन’ कार्यक्रम सञ्चालन गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]