Dabali News

युनाइटेडको सफलतासँगै, बर्नमाउथलाई अपराजित यात्रामा पूर्णविराम

१८ कार्तिक

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई नतिजा सुम्पिएसँगै बर्नमाउथको घरेलु मैदान डेन कोर्टमा ८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा युनाइटेडले बर्नमाउथलाई २-१ ले पराजित गरेको हो ।

११ औं मिनेटमा कालुम विल्सनले गरेको गोलमा बर्नमाउथले अग्रता लिएको थियो । विल्सनले जुनियर स्टानिस्लासको पासलाई पोस्टको दिशा दिएका थिए ।

मध्यान्तर हुन ५ मिनेट बाँकी हुँदा एन्थोनी मार्सियालले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा मार्कुस रसफोर्डले गरेको गोलमा जोजे माउरिन्होको टोलीले ३ अंक पक्का गरेको थियो ।

यस नतिजापछि ११ खेलमा २० अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लएको छ भने समान खेलमा समान अंक जोडेको बर्नमाउथ राम्रो गोलअन्तरमा छैटौं स्थानमा यथावत् रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]