Dabali News

आधुनिक फलफूल तथा तरकारी बजार भवनको शिलान्यास

१८ कार्तिक

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक फलफूल तथा तरकारी बजार भवन निर्माण गर्ने भएको छ ।

उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेले शनिबार भवनको शिलान्यास गर्दै भवन निर्माणसँगै अब सडकमा फलफूल तथा तरकारी बिक्री गर्ने कार्य अन्त्य हुने बताएका छन् ।

२ करोड ६९ लाख लागतमा आधुनिक कृषि उपज बजारको भवन निर्माण गर्ने भएको छ । फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न तुलसीपुर उपमहानगरपालिकाले उक्त भवनको निर्माण शुरु गरेको हो ।

मा.वि सेन्टर स्कूलको १० कठ्ठा जग्गा १५ वर्षका लागि भाडामा लिएर भवन निर्माण गर्न लागेको उपमहागनरपालिकाका सवइञ्जिनीयर खड्क विकले जानकारी दिए ।

उनका अनुसार व्यापारीका लागि ४० स्टल र किसानका लागि पनि स्टल निर्माण गर्ने भएको छ । सो भवनको पहिलो चरणको निर्माणको काम सम्पन्न २०७५ चैत २५ गतेभित्र गरी सक्ने भएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]