Dabali News

चौरजहारीमा सञ्चालित शिविरमा २५ जनाको निः शुल्क शल्यक्रिया

१८ कार्तिक

रुकुम । जिल्लाको चौरजहारीमा सञ्चालित ३ दिने निः शुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ ।

जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्काे भागसँग जोडिएर शरीर संकुुचन भएका व्यक्तिको शल्यक्रिया गरिएको हो ।

शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक बद्री रायमाझीले जानकारी दिए ।

उनका अनुसार भौगोलिक विकटता र आर्थिक रूपले जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने व्यक्तिलाई लक्षित गरी निः शुल्क सेवा प्रदान गरिएको हो । शिविरमा प्लाष्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिको मात्र सफल शल्यक्रिया गरिएको जनाइएको छ ।

चौरजहारी नगरपालिकाको आर्थिक सहयोग तथा कल्याणकारी अपाङ्ग सेवा संघ सल्यान र स्थानीय सिबिआरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको प्राविधिक सहयोग कीर्तिपुर अस्पताल काठमाडौँले गरेको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]