Dabali News

विजयनगरमा २ सय ६७ जनाको आँखा जाँच

१७ कात्तिक

कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा निःशूल्क आँखा शिविर तथा परीक्षण गरिएक छ । शनिबार सम्पन्‍न शिविरमा २ सय ६७ जनाले आँखा जाँच गराएका छन् ।

युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणी आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको शिविरमा अाँखा सम्बन्धी विभिन्‍न रोगको जाँच गरिएको थियो ।

गाउँमै निःशूल्क सेवा उपलब्ध भएपछि लामो समयदेखि अाँखाको समस्या भएका वृद्ध वृद्धादेखि बालबालिकाले समेत अाँखा जाँच गराएकोक्लवका अध्यक्ष अजय रोकाले जानकारी दिए ।

शिविरमा जाँच गराएकामध्ये ९५ जनाको आँखामा मोतिविन्दुका बिरामीहरु फेला परेको र उनिहरुलाई आइतवार र सोमवार बहादुरगंज अस्पतालमा निःशूल्क शल्यक्रिय गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विजनयगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिकाका युवाहरु एकजुट भएर समाजिक काममा सक्रिय भएको भन्दै खुसी व्यक्त गरे । थापाले मानिसको महत्वपूर्ण अंग आँखा रोगको गाउँमै जाँच गराएर ठूलो काम गरेको भन्दै अायोजक र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यावद दिए ।

क्लवका अध्यक्ष रोकाको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन लोकेश थापाले गरेका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]