Dabali News

अबको ४ वर्षभित्र सांसद भएरै छोड्छुः गौतम

१७ कात्तिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सांसद भएरै छोड्ने बताएका छन् । उनले घोषणापत्र तयार गर्ने संयोजक भएको बताउँदै चुनामा जनतासँग गरेका वाचा पूरा गर्न आफू संसदमा आउनु अनिवार्य भएको बताए ।

‘गुरु लुइँटेल स्मृति प्रतिस्ठान’ शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गौतमले घोषणापत्र बनाउने संयोजकलाई बेवास्ता गर्दा चुनताको अपेक्षा पूरा हुन नसकेको बताउँदै संसदको बाँकी अवधिभित्र आफू संसदमा पुग्ने दाबी गरे । दुई तिहाईका कारण पार्टी नेतृत्वमा दम्भ देखा परेको समेत दाबी गरे ।

सरकारले चुनावी घोषणापत्र अनुसार काम गर्न नसकेको बताउँदै गौतमले पार्टीभित्र देखा परेको दम्भलाई आफूले ठिक पार्ने समेत बताए । उनले काम गर्न संख्याले फरक नहुने बताउँदै काँग्रेसले २०१५ मा दुई तिहाई बहुमत ल्याएर पनि काम जनताको लागि केही गर्न नसकेको उदाहरण दिए । उनले संख्याले नभएर काम गर्ने भिजनले भएको समेत बताए ।

सम्बोधनको धेरै समय र सरकार र पार्टीबारे बोलेका गौतमले चुनावअघि घोषणापत्रलाई सरकारले नीति तथा कार्यक्रममा पूरै बेवास्ता गरेको आरोप पनि लगाए । उनले “चुनावअघि मेरो नेतृत्वमा पार्टीको घोषणापत्र तयार भयो । तर सरकारको नीति कार्यक्रममा घोषणापत्रको एक अक्षर पनि परेन र मलाई समेत एक शब्द सोधिएन ।” गौतमले आफू संसदमा पुगेर घोषणापत्र जसरी पनि कार्यान्वयन गर्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]