Dabali News

दोलखाको कालीञ्चोकमा केबुलकार चल्यो

१७ कात्तिक

काठमाडौं । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालन भएको छ ।

दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक केबलकारमा ४ वटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको छ । कालीञ्चोक दर्शन लिमिटेडले साँढे २ वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो ।

केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति ५ सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई ५ सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमासमेत टेवा पुग्ने विश्वास गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]