Dabali News

आइएसको आक्रमणमा ७ जना क्रिस्चियको मृत्यु

१७ कार्तिक

काठमाडौं । इजिप्टमा इस्लामिक स्टेट (आइएसक) को आक्रमणमा परी ७ जना क्रिस्चियन धर्मावलम्बीको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बालकको नामाकरण गरी काप्टिक चर्चबाट बसमा फर्किरहेका उनीहरुमाथि आइएसले अन्दाधुन्द गोली प्रहार गरेको थियो ।

घटनापछि विज्ञप्ती जारी गर्दै आइएसले हमलाको जिम्मेवारी लिएको थियो । घटनाको त्यहाँका राष्ट्रपति अब्देल फतेह अल–सिसिनेले भ्रत्सना गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै उनले पीडितले अवश्य न्याय पाउने बताए । इजिप्टमा रहेका अल्पसंख्यक क्रिस्चियन समुदायमाथि बारम्बार आक्रमणहरु भैरहेको अधिकारीहरुले बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]